अत्याधिक वर्षाका कारण हवाई उडान समेत बन्द

शुक्रबार रातीदेखि सुरु भएको अत्याधिक वर्षाका कारण हवाई उडान समेत बन्द भएको छ । असोज १७ गतेदेखि २० गतेसम्म पर्ने पानीका कारण आन्तरिकतर्फको हवाई उडान बन्द भएको हो ।

अत्याधिक वर्षाका कारण विमानस्थलहरुको ‘भिजिविलिटी’ कमजोर हुँदा हवाई उडान बन्द भएको हो । अहिले देशका विभिन्न ५ वटा प्रदेशमा भारीदेखि उच्च भारी वर्षा भइरहेको छ । कर्णाली र सूदूरपश्चिम प्रदेशबाहेकका अन्य सबै प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।