धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको बनकसवासामा दुर्घटना

धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको बनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५ः३० बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । 

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा घाइते भएका १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पताल रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा सञ्जिवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।