मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडक खण्डमा एकतर्फी सवारी सञ्चालन आएको छ। जवाङ खोलामा खसेको पहिरो हटाएर यातायात खुलाइएको सडक डिभिजन भरतपुरले जनाएको छ। तुइनखोला पुलनजिक खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडकमा भने एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।