“ध्वनी चिकित्सा” पुस्तक सार्वजनिक, ध्वनि उपचारमा ३५ वर्षदेखि पाण्डेको योगदान

Messenger creation 34FB3251 830D 4BD6 8720 2D90CDE5F664

काठमाडौं, ६ असोज २०८२ – ध्वनि उपचार (Sound Healing) क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका ध्वनि चिकित्सक राजा राम पाण्डे लिखित “ध्वनी चिकित्सा” पुस्तक आज राजधानीमा आयोजित विशेष समारोहका बीच विमोचन गरिएको छ।

बडादशैंको पूर्वसन्ध्या तथा घटस्थापनाको दिन विहान ८:३० बजे सुरु भई ९:३० बजे सम्पन्न भएको विमोचन कार्यक्रममा लेखक पाण्डेसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, ध्वनि चिकित्सक र हीलरहरूको उपस्थिति थियो। कार्यक्रममा पञ्चकन्या नानीहरूको सहभागिता विशेष आकर्षण बनेको थियो।

1000038853
1000038854

लेखकको भनाइ

पुस्तक विमोचनपछि लेखक पाण्डेले आफ्ना ३५ वर्षका अनुभव, साधना र अनुसन्धानको आधारमा तयार गरिएको यो कृति ध्वनि चिकित्सा विषयको महत्वपूर्ण दस्तावेज हुने विश्वास व्यक्त गरे। साथै उनले फेसबुकसम्बन्धी सम्पूर्ण जानकारी समेटिएको अर्को पुस्तक “अनुहार पुस्तिका” पनि सोही अवसरमा सार्वजनिक गरे।

ध्वनि उपचारमा पाण्डेको योगदान

राजा राम पाण्डे विगत ३५ वर्षदेखि ध्वनि चिकित्सा, सिङ्गिङ बाउल (Singing Bowl) र प्राचीन प्राकृतिक वैकल्पिक उपचार विधिमा समर्पित रहँदै आएका छन्। उनले अमेरिका, चीनसहित विभिन्न मुलुकमा तालिम, कार्यशाला तथा प्रदर्शनी सञ्चालन गर्नुका साथै थेरापी सेवा प्रदान गर्दै आएका छन्।

काठमाडौंको ठमेलस्थित कार्यालयमार्फत विगत १३ वर्षदेखि उनले नियमित सेवा दिँदै आएका छन्। साथै विभिन्न संघ–संस्थामार्फत पनि ध्वनि उपचारसम्बन्धी गतिविधि निरन्तर गर्दै आएका छन्।

सेवाग्राहीका लागि विकल्प

लेखकका अनुसार प्रत्यक्ष सेवा लिन चाहनेहरूले ठमेलस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। तर विशेष परिस्थितिमा प्रत्यक्ष सेवा लिन नसक्नेहरूले पुस्तक अध्ययनमार्फत समेत ध्वनि उपचारको लाभ लिन सक्नेछन्।

पुस्तकको महत्व

ध्वनि र कम्पनमार्फत मानव शरीर, मन र आत्माको उपचार गर्ने प्राचीन विधिलाई आधुनिक ढंगमा प्रस्तुत गरिएको यो पुस्तक वैकल्पिक उपचार, प्राकृतिक चिकित्सा तथा आत्म–उपचार विधिप्रति चासो राख्ने सबैका लागि उपयोगी हुने विश्वास गरिएको छ।

समन्धित समाचार