चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक एकतर्फी खुलेको छ।
आइतबार अपरान्ह सडकबाट पहिरो पन्छाउने काम सकिएसँगै नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी खुलेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो। सडक अवरुद्ध भएपछि हजारौं यात्रुहरू अलपत्र परेका थिए। सडक एकतर्फी खुलेसँगै सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाइएको छ।





