यो वर्ष दसैँको लागि अग्रिम टिकट बुकिङ नखुल्ने

 यो वर्ष दसैँको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज मंगलबार भएको छलफलले यो निर्णय गरेको हो । 

सरकारले हरेक वर्षको दसैँमा घर जाने सर्वसाधारणका लागि अग्रिम टिकट खुलाउँदै आएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको बताए । उनले स्कुल बन्द भइसकेकाले धेरै मानिस घर जान थालेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको बताए । 

उनले यो वर्ष चाडपर्वमा यातायात सहज हुने पनि बताए ।