मुग्लिन–नारायणगढ सडक खण्डको जलवीरे नजिकै पहिरो गएको छ । सोमबार दिउँसो २:१५ बजे गएको पहिरोले सडक एकतर्फी अवरुद्ध भएको छ ।
करिब १ घण्टाभित्रै पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइने भइरहेको छ । तर, यस क्षेत्रमा ढुंगा खस्ने क्रम अझै नरोकिएकाले सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।





