पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आज (शनिबार) देखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

डिजेल र मट्टितेलको मूल्य भने घटेको छ । साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाइएको तथा डिजेल-मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

1a 1