राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन आकांक्षा राखेका ९ जनासँग सामूहिक छलफल गर्ने भएको छ ।
कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रूपन्देही ३ मा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन आकांक्षा राख्दै रास्वपामा आवेदन दिएका थिए ।
सहमहामन्त्री विपिनकुमार आचार्यले उनीहरूसँग छलफल चलाउन लागेका हुन् । आइतबार दिउँसो १ बजेदेखि अपराह्न ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चःमतिमा छलफल हुने बताइएको छ । छलफलको अवलोकन कोषाध्यक्ष लिमा अधिकारी, लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्नेछन्।





