धनकुटामा पिकअप दुर्घटना : १७ जना घाइते, तीनको अवस्था गम्भीर

धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनका हुँदा १७ जनाभन्दा बढी घाइते भएका छन् । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको बा.२ च.२३०९ नम्बरको पिकअप आइतबार बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि पिकअपमा सवार २१ जना सवार रहेका थिए । जसमध्ये १७ जना घाइते भएका छन् । उनिहहरुलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

घाइते हुनेहरुमध्ये तिनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई थप उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइको प्रहरीले जनाएको छ ।