कारागार घटनाको छानविनका लागि पाँच सदस्यीय समिति गठन

कारागार घटनाको छानविनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरिक्षक राजकुमार सिहशसस्त्र प्रहरीका डिएसपी जनकराज पन्तअनुसन्धान विभागका अनुसन्धान अधिकृत दिपेन्द्र सिह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेको पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताए ।

यसैगरी  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले झडप भएपछि अवस्था अलिकति असामान्य भएको तर त्यस्तो नियन्त्रणमा लिएको भन्ने समाचार गलत भएको बताए ।

उनले भने, ‘समाचारमा कारागार घटनास्थल कब्जा लिइयो भनेर आएको कुरामा म जानकार छैन । त्यहाँ सुरक्षाकर्मीले गर्ने काम गरिरहनु भएको छ । जहाँ जहाँ हुनुपर्ने हो त्यहाँ नै हुनुहुन्छ  । त्यस्तो केही पनि होइन् । अहिले त्यहाँ सामान्य नै छ अवस्था ।’

घाईतेमध्ये जगदीश रानारबि चौधरी र आयुष भट्टको अवस्था चिन्ताजनक रहेको छ ।