प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरे नियुक्तिका लागि सिफारिस

 प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरे नियुक्तिका लागि सिफारिस भएका छन्। बुधबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा  बसेको न्याय परिषद् बैठकले घिमिरेलाई सिफारिस गरेको हो। 

प्रशासकीय अदालतको अध्यक्ष पदमा प्रशासकीय अदालत ऐन २०७६ को दफा ३ को उपदफा १ को खण्ड क बमोजिम नेपाल न्याय सेवा राज पत्रांकित विशिष्ट श्रेणी (नायव महान्यायाधिवक्ता) पदमा काम गरेका डा टेकबहादुर घिमिरेलाई नियुक्त गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने निर्णयमा भनिएको छ।

image 33