प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तान प्रस्थान गरेका छन् ।
भोलि (साउन २०) देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यता प्रस्थान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्य सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी छन्।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेसमेत कार्यक्रम छ।
प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ।





