जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
भोलिबाट भने देशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ । “भोलिदेखि आगामी दिन अहिलेको तुलनामा धेरै वर्षा हुने देखिन्छ,” मौसमविद् भने, “यो अवधीमा विभागले भारी वर्षा हुने पूर्वानुमान गरेको छ । धेरै भारी वर्षा हुने सम्भावना पनि हुन सक्छ ।”
यो पटक अहिलेसम्म धेरै वर्षा नभएका क्षेत्रमा पनि वर्षा हुने पूर्वानुमान छ । मधेस र लुम्बिनी प्रदेशका दक्षिणी इलाकामा वर्षा नहुँदा खडेरी लागेको छ । यी क्षेत्रमा पनि यो पटक वर्षा हुने पूर्वानुमान गरिएको छ ।





