काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले निराशालाई जित्न र आशालाई पुनर्जागृत गर्नका लागि ‘सेभिया कार्यसूची’लाई तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ।
उहाँले यो कार्यसूचीले सबैको आवाजलाई सम्मान गर्ने निष्पक्ष विश्वव्यापी शासन प्रणालीको स्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै यसले ऐक्यबद्धतामा आधारित साझेदारी, जनता र पृथ्वीमा विवेकपूर्ण लगानी तथा कुनै पनि देश पछाडि नछुट्ने एक उत्कृष्ट संसारको आशा पुनः जागृत गर्ने उल्लेख गर्नुभयो।
प्रधानमन्त्री ओलीले ‘सेभिया कार्यसूची’को सफल कार्यान्वयनबाट मात्रै दिगो विकासका लक्ष्यहरू हासिल गर्दै सबै मुलुक र जनताको साझा भलाइ सुनिश्चित गर्न सकिने बताउनुभयो।




