काठमाडौं, १५ चैत – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो बर्खास्तीविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा सो मुद्दाको सुनुवाइ भइरहेको छ।
शाक्यको रिट पनि सोही इजलासमा
यस्तै, प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमाथि पनि सोही इजलासमा सुनुवाइ सुरु भएको छ।
पूर्वनिर्देशक घिसिङले आफूलाई अवैधानिक रूपमा हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उता, नव नियुक्त शाक्यले पनि आफ्नो नियुक्ति प्रक्रियासम्बन्धी रिट दायर गरेका छन्।
अब अदालतको निर्णय कस्तो आउला? तपाईं के सोच्नुहुन्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्!





