राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

वीरगञ्ज (पर्सा), १४ चैत – पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबी गर्दै यहाँका दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ताशिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावट गरेको अभियोगसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गरिएको हो।

अमायरा वस्त्रालयमाथि आरोप

अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता (जितपुर सिमरा उपमहानगर–७) ले विजक नै जारी नगरी कपडाको कारोबार गरी गलत विवरण बुझाएको आरोप लागेको छ।

यस आधारमा:

  • आयकरतर्फ – रु १ करोड ६५ लाख ६० हजार ५९३
  • मूल्य अभिवृद्धि कर (VAT) तर्फ – रु ५८ लाख ३७ हजार ६८३
  • कूल बिगो – रु २ करोड २३ लाख ९८ हजार २७६ कायम गरिएको छ।

राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१०) बमोजिम बिगो असुलउपरसहित बिगो बराबरकै शतप्रतिशत जरिवानाकैद सजाय हुनुपर्ने मागसहित अभियोगपत्र दर्ता गरेको छ।

जरिवाना रकम:

  • बिगो बराबरकै शतप्रतिशत जरिवाना – रु ४ करोड ४७ लाख ९६ हजार ५५३
  • कैद सजायको मागसहित अभियोगपत्र दर्ता

शिवशान्ति कन्स्ट्रक्सनमाथि आरोप

वीरगञ्ज महानगर–१६ स्थित शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीले दोहोरो रसिदमार्फत कारोबार गरी राजस्व छली गरेको आरोप लागेको छ।

यस आधारमा:

  • आयकरतर्फ – रु १९ लाख ६० हजार १५१
  • मूल्य अभिवृद्धि कर (VAT) तर्फ – रु १० लाख ३९ हजार ६३
  • कूल बिगो – रु २९ लाख ९९ हजार २१४ कायम गरिएको छ।

राजस्व अनुसन्धान कार्यालयले बिगो बराबरकै शतप्रतिशत जरिवानाकैद सजायको माग गर्दै अभियोग दर्ता गरेको छ।

जरिवाना रकम:

  • बिगो बराबरकै शतप्रतिशत जरिवाना – रु ५९ लाख ९८ हजार ४२८
  • कैद सजायको मागसहित अभियोगपत्र दर्ता

राजस्व छलीसम्बन्धी अन्य मुद्दाहरू

राजस्व अनुसन्धान कार्यालयका अनुसार हालसम्म अस्थायी इजलासमा राजस्व चुहावटसम्बन्धी ११ वटा मुद्दाविदेशी विनियम अपचलनसम्बन्धी आठ वटा मुद्दा दर्ता भइसकेका छन्।

नेपालमा राजस्व चुहावट नियन्त्रणका लागि कडा कानुनी कारबाही सुरु गरिएको भन्दै अनुसन्धान अधिकारीहरूले सतर्कता अपनाउन व्यवसायीहरूलाई आग्रह गरेका छन्।