गुल्मेली सेवा समाज, रुपन्देहीको डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ |
जसको प्रथम उपाध्यक्षमा हेम थापा, द्वितीय उपाध्यक्षमा कविता अर्याल ,उपाध्यक्षमा लक्ष्मण ज्ञवाली ,महासचिवमा राजेन्द्र कुँवर , कोषाध्यक्षमा बोमलाल भण्डारी, सचिवमा भोज खत्री, सहकोषाध्यक्षमा अर्जुनबहादुर कुँवर तथा सदस्यहरूमा तुलसीराम कंडेल ,लक्ष्मण अर्याल , सिर्जना मरासिनी , मोतिलाल गौतम , लक्ष्मी श्रेष्ठ , मन्दिरा शर्मा , माधवप्रसाद ज्ञवाली र कविराज श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले अधिवेशनको उद्घाटन गर्दै प्रदेश सरकारले विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले समाजसेवामा उल्लेखनीय योगदान पुर्याइरहेको गुल्मेली सम्पर्क समाजलाई सक्दो सहयोग गरिने आश्वासन दिनुभयो। उहाँका अनुसार, सडक, विद्यालय, अस्पताल जस्ता पूर्वाधार गाउँ-गाउँमा पु-याउने तथा कृषिलाई व्यावसायिक बनाउने योजनाहरू कार्यान्वयन भइरहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नव-निर्वाचित अध्यक्ष डा. नारायणप्रसाद पन्थले गुल्मेली सम्पर्क समाजले हालसम्म गरेका प्रमुख कार्यहरूबारे जानकारी गराउँदै आगामी दिनहरूमा पनि समाजको विकास, शिक्षा, स्वास्थ्य, तथा भौतिक पूर्वाधारमा टेवा पुर्याउने योजना अघि बढाइने बताउनुभयो। समाजले ज्येष्ठ नागरिक मिलन केन्द्र, छोरी शिक्षा कार्यक्रम, शृङ्गेश्वरधाम निर्माण जस्ता कार्यक्रम सञ्चालन गर्दै गुल्मेली समुदायलाई भावनात्मक रूपमा जोड्ने कार्य गरिरहेको उल्लेख समेत गर्नुभयो ।

अधिवेशनका अवसरमा संस्थामा रहेर उत्कृष्ट कार्यसम्पादन गर्नुहुने व्यक्तित्वहरुलाई कदरपत्रसहित समानित समेत गरिएको थियो | सम्मानित व्यक्तित्वहरुमा सल्लाहकारहरु टिकाराम शर्मा घिमिरे, सल्लाहकार तथा शैक्षिक व्यक्तित्व लोकनाथ उपायाय, शृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, निशुल्क आवाशीय छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमीकला पुन, ज्येष्ठ नागरिक मिलनकेन्द्रका अध्यक्ष यदुनाथ पान्डे, सिद्धार्थनगर शाखा अध्यक्ष केशवराज ज्ञवाली, सचिव पुरूषोत्तम पाण्डे, हेम थापा , उत्कृष्ट सदस्य भोजेन्द्र खत्री तथा २१ वर्षसम्म निरन्तर सहयोग पुर्याउनु भएका कृष्णप्रसाद भट्टराई तथा कोषाध्यक्ष विजय खनाल रहनुभएको थियो ।

कार्यक्रममा सल्लाहकारहरु लोकनाथ उपाध्याय , टिकाराम शर्मा धिमिरे , ओमी पुन , ऋषि भण्डारी लगायतले मन्तब्य राख्व्यनु भएको थियो।






