प्रभु साहले उठाए प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न, कार्यसूचिबाट नहटाए बहिष्कार गर्ने घोषणा

प्रभु साहले उठाए प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न, कार्यसूचिबाट नहटाए बहिष्कार गर्ने घोषणा

२०८१ चैत्र ७, बिहीबार


काठमाडौं, ७ चैत्र – आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संसद्मा हुने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठाएका छन्।

संसद्मा उठाइएका प्रश्नहरू

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यसअघि भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रश्नहरूको उत्तर नदिएको स्मरण गराउँदै यो कार्यक्रम निरर्थक भइरहेको बताए। उनले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउन माग गरे।

साहले संसद्मा भने:

“आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ। सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहीन छ। यो कार्यसूचिबाट हटाइयोस् भनेर माग गर्दछु। देवताले बास नगरेको मन्दिरको अर्थ हुँदैन, देवीले प्राण त्यागेपछि मूर्तिको पनि के अर्थ? त्यस्तै, प्रश्नको उत्तर नै नआएपछि प्रश्नोत्तर कार्यक्रमको के अर्थ? मैले यसअघि सोधेको प्रश्नको उत्तर सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएन। यो केवल मेरो प्रश्न मात्र होइन, सिंगो सदनको प्रश्न हो। सभामुखज्यूको सम्मानको पनि सवाल हो। संसदीय नियमावलीको पालना हुनुपर्छ। त्यसैले म पुनः आग्रह गर्दछु कि यो कार्यक्रम कार्यसूचीबाट हटाइयोस्। यदि हटाइएन भने, म यसलाई बहिष्कार गर्ने घोषणा गर्दछु।”

गौर हत्याकाण्डमा सरकारको भूमिकामाथि प्रश्न

सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीहरू अझै कानूनको दायरामा नआएकोमा गम्भीर आपत्ति जनाए। उनले सरकारलाई पटक–पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति त्याग्न चेतावनी दिए।

उनले संसद्मा भने:

“आज गौर हत्याकाण्डको १८ वर्ष पुगेको छ। म गौर हत्याकाण्डका महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। १८ वर्षदेखि न्यायको प्रतीक्षामा रहेका संघर्षरत पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दछु। सरकारसँग सोध्न चाहन्छु – दिउँसै भएको विभत्स गौर हत्याकाण्डको छानबिन कहाँ पुग्यो? ती अपराधीहरू कहिले कानूनको दायरामा आउँछन्? सरकारले पटक–पटक सम्झौता गर्‍यो, तर कुनै पनि सम्झौता कार्यान्वयन भएन। यसबारेमा सम्माननीय सभामुखमार्फत सरकारको स्पष्ट जवाफ चाहिन्छ।”

गौर हत्याकाण्ड के हो?

गौर हत्याकाण्ड २०६३ चैत ७ गते रौतहट जिल्लाको गौरमा भएको थियो। तत्कालीन मधेसी जनअ