चितवन इच्छाकामना निवासी गोकुल गुरूंगको जटिल शल्यक्रिया: आर्थिक सहयोगका लागि अपिल
सहयोगीको लागि सम्पर्क ब्यक्तिकाे नाम र सम्पर्क नम्बर – 9769328804 / ९८६९३२८८०४ – गोकुल गुरुङ
चितवन इच्छाकामना निवासी २३ वर्षीय गोकुल गुरूंगको जटिल शल्यक्रिया मंगलबार (भोलि) धुलिखेल अस्पतालमा हुन गइरहेको छ। १२ कक्षा पढेका गोकुल गुरूंगको शल्यक्रिया करिब ८–९ घण्टा लामो र अत्यन्तै जटिल रहने चिकित्सकहरूले बताएका छन्। धुलिखेल अस्पतालका अनुभवी शल्यचिकित्सकहरूको टोलीले यो शल्यक्रिया गर्नेछ। हामी गोकुलको शल्यक्रियाको पूर्ण सफलताको कामना गर्दछौं।

उनको उपचारका लागि हालै अस्पताललाई डिपोजिट रकम रू १ लाख ५० हजार उपलब्ध गराइएको छ। प्रारम्भिक अनुमानअनुसार अस्पतालको मात्र खर्च रू ४ लाखदेखि ५ लाखसम्म लाग्ने देखिएको छ। अहिले सम्म ५० जना उदार मन भएका सहयोगी दाताहरूबाट रू २ लाख ६५ हजार सहयोग जुटिसकेको छ।
गोकुलको उपचारका लागि आवश्यक सम्पूर्ण आर्थिक व्यवस्थापनको जिम्मेवारी मैले लिएको छु। – (Bhim Upadhhaya ) काे फेसबुक वालबाट त्यसैले उनलाई धुलिखेल अस्पताल ल्याइएको हो। अपुग रकम पूरा गर्न म सम्पूर्ण सहयोगी मनहरू समक्ष आर्थिक सहयोगका लागि अपिल गर्दछु। सानो सहयोगले पनि गोकुलको जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ।
गोकुल गुरूंगको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, सबै सहयोगी हातहरूको साथ र समर्थनको अपेक्षा गर्दछौं।

धन्यवाद!





