कोशी ब्यारेज पुलमा सवारीसाधन सञ्चालनमा रोक

106

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै नदी किनारस्थित बराहक्षेत्र नगरपालिकाका केही वडा डुबानमा परेका छन्।  शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले डुबानमा परेको नदी आसपास क्षेत्रको स्थलगत निरीक्षण गरेकाछन्। कोशीमा बढेको पानी बराहक्षेत्र नगरपालिका–६ स्थित ठाकुरबारी, टिक्री चिलिया टापुमा २२ जना फसेको मुख्यमन्त्री कार्कीले बताए।

त्यसैगरि, सोही नगरपालिकास्थित वडा नम्बर ९ मासमेत बाढीमा १२ जना फसेका छन्। हाल कुल ३४ बाढीमा फसेका बताउँदै उनीहरुको उद्धारका लागि मुख्यमन्त्री कार्कीले गृहमन्त्रीसँग समेत पहल गरेको बताएका छन्। स्थलगत निरीक्षणपछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय गर्दै हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइरहेको छ।

हाल ५६ वटा ढोका खुला गरिएको कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० क्यूसेक मापन गरिएको छ। मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार हाल सुरक्षालाई ध्यानमा राखेर ब्यारेजबाट हुने सवारी आवागमन रोकिएको छ।

समन्धित समाचार