नारायणगढ-मुग्लिन सडकको ९ ठाउँमा पहिरो

13 14

लगातारको वर्षाका कारण नारायणढ नारायणगढ-मुग्लिन सडक खण्डको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ।  पहिरोको जोखिमका कारण हिजो बेलुका ७ बजेदेखि आज बिहान ५ बजेसम्म सडक बन्द गरिएको थियो। राति नै ९ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ। चितवन प्रहरीका अनुसार सडकको नौ किलोमा सडक भास्सिएको छ भने कालिखोला, घोप्टेभीर लगायतका ठाउँठाउँमा पहिरो गएको छ। सडक विभाग र प्रहरी मिलेर सडक पन्छाउने काम भइरहे पनि तत्कालै सडक खुलाउन सकिने अवस्था छैन।

समन्धित समाचार