श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्ष निजी भ्रमणका सिलसिलामा चितवन आइपुगेका छन् ।
काठमाडौंबाट बुद्ध एअरको जहाजमा केहीबेरअघि भरतपुर आएका उनी अहिले मेघौलीस्थित ताज मेघौली सेराईमा बसेका छन् । आजै दिउँसो उनले पूर्वी नवलपरासीको दुम्कौलीस्थित उद्योगपति विनोद चौधरीको सीजीआईपी (चौधरी इन्डस्स्ट्रियल पार्क)को भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
पूर्वी नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार राजापाक्ष बुधबार र बिहीबार नवलपरासीमा रहने र शुक्रबार लुम्बिनी जाने कार्यक्रम छ । ‘यो उहाँको नितान्त निजी भ्रमण हो,’ निमित्त प्रजिअ रिजालले भने ।
