धरान उपमहानगरपालिकामा आजबाट बजेट शून्यता

सुनसरीको धरान उपमहानगरपालिकामा आजबाट बजेट शून्यता आएको छ । नगरसभाबाट आगामी आर्थिक वर्ष ०८१-८२ को लागि विनियोजित बजेट पारित हुन नसक्दा उपमहानगरपालिकामा बजेट शून्यताको अवस्था सिर्जना सुनसरीको धरान उपमहानगरपालिकामा आजबाट बजेट शून्यता आएको छ । नगरसभाबाट आगामी आर्थिक वर्ष ०८१-८२ को लागि विनियोजित बजेट पारित हुन नसक्दा उपमहानगरपालिकामा बजेट शून्यताको अवस्था सिर्जना भएको हो ।

करारमार्फत भर्ना गरिएका कर्मचारीको पदावधि थप्नुपर्ने बहुमत नगरसभा सदस्यको मागप्रति स्वतन्त्रबाट निर्वाचित मेयर हर्क साम्पाङ सकारात्मक नभएपछि नगरसभा बस्न समेत सकेको छैन् । गत असार १० गते सार्वजनिक भएको बजेट हिजोसम्म पास हुनुपर्ने व्यवस्था भएपनि नगर सभा नबसेको कारण पारित हुन सकेन् ।

कोशी प्रदेश सरकारले २०८० साल पुस २२ गते स्थानीय सरकारी सेवाको गठन सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पास गरेको थियो । सो ऐनको दफा नम्बर १३ मा पद पूर्तिमा बन्देज गर्ने व्यवस्था गरेको छ । सोही ऐन देखाउँदै धरानका मेयर हर्क साम्पाङले करारमा रहेका प्रशासनिक र प्राविधिक कर्मचारीको करार सम्झौता थप नगर्ने अडान लिएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले करार कर्मचारीको पदावधि नथपेसम्म नगर सभा बस्न नदिने अडान लिँदा स्थानीय सरकारले खर्च गर्न नपाउने अवस्था बनेको छ । मेयर साम्पाङले कार्यालय सहयोगी, चौकीदार, माली, लगायतका कर्मचारीहरूलाई भने करार सम्झौता थप गर्न सहमत छन् । यस्ता कर्मचारीहरूको भने कार्यसम्पादनको मूल्यांकन गरेर सम्झौता थप गर्ने एनमा व्यवस्था छ ।

एमालेलगायतका अन्य दलका जनप्रतिनिधिहरूले भने यस्ता कर्मचारी सबैको एकमुष्ट करार सम्झौता थप गर्नुपर्ने अडान लिएका थिए । धरानले गत असार १० गते १ अर्ब ७९ करोडको बजेट ल्याएको छ ।