कवाड व्यवसायी संघर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन् ।
आज (मंगलबार) काठमाडौंका नगर प्रमुख बालेन शाहले कवाड व्यवसायीमाथि गुण्डा गर्दी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । कवाड व्यवसायी संघर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेको छ र आज त्यसको विरुद्धमा व्यवसायीहरुले प्रदर्शन गरेको हो ।
उनले भने, ‘महानगरले के भन्छ भने यो कवाडी रहदैन, हामी निजी जग्गामा, व्यक्तिसँग जग्गा लिएर व्यवसाय गरिरहेका छौ । हामीले सरकारसँग व्यवसाय गर्ने अनुमति लिएर व्यवसाय गरेका छौ भने मेयरले त्यसो भन्ने अधिकार छैन नि ।
उनले समस्या भए वार्ता मार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अरब रुपैयाँको लागि आफूहरुलाई हटाउन खाजेको पनि बताए । ‘गरिवको घरमा डोजर लगाइदिने ? सबै भत्काएर भगाइदिने ? काठमाडौंबाट कवाडलाई हटाएर एक अरव रुपैयाँ महानगरलाई आउने भएको हुनाले हामीलाई हटाउन खोजिएको हो ।’ उनले भने ।