काठमाडौँ महानगरपालिकाको मनोहरामा शनिबार सरसफाइ अभियान तथा ट्राफिक सप्ताह कार्यक्रम गरिएको छ । काठमाडौँ महानगरपालिका ३२ को भाटभटेनी आसपासको क्षेत्रमा वरिपरि ट्राफिक सप्ताह कार्यक्रम गरिँदा मनोहरा सरसफाइ कार्यक्रम पनि गरिएको हो ।
त्यस्तै सोही क्षेत्रमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको नेपाली कांग्रेसका महासमिति सदस्य एवं सूर्यकोट समाज सुधार समिति अध्यक्ष निलकण्ठ गौतमले जानकारी दिए ।
कार्यक्रममा सडकमा जथाभावी पार्किङ नगर्न, सडक पेटीबाट यात्रुलाई आवतजावत गर्न र धुमपान एवं सूर्तीजन्य पदार्थ सेवन नगर्न आग्रह गरिएको थियो ।
मनोहरा सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियान, निखिलेश्वर महादेव मन्दिर संरक्षण समाज, दीपनगर टोलसुधार समिति, कोटेश्वर ट्राफिक प्रभाग लगायतको आयोजनामा कार्यक्रम भएको हो ।
मनोहरा सरसफाइको यो ४३७ औँ हप्ता हो ।