काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा आज शनिबार मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ।
परीक्षा बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए ।

सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, उत्तरपुस्तिका जाँच्ने काम प्रारम्भ भइसकेको छ र नतिजा आईतवार बिहान महानगरको आधिकारिक वेबसाइटentrance.kathmandu.gov.npमार्फत प्रकाशित हुनेछ । विद्यार्थीहरूले उक्त वेबसाइटमा गई आफ्नो SEE को सिम्बोल नम्बर, अल्फाबेट, GPA र इमेल वा SMS मार्फत प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्ने उनकाे भनाइ छ ।