काठमाडौं महानगरको बजेट असार २९ गते आउने

काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ ।

शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको ४०औं कार्यपालिका बैठकले असार २९ गते बिहान कार्यपालिका बैठक र  दिउसो १७औं नगरसभा अधिवेशन हुने मेयर बालेन शाहले जानकारी दिए ।  

बैठकमा नगर सभा बस्ने एक मात्र प्रस्ताव पेश गरिएको थियो भने सो प्रस्ताव पारित गर्दै बैठक शुरु भएको एक मिनेटमै सकिएको थियो । 

यसअघि आजै बसेको महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको थियो । बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ ।