काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ । बैठक २ दिउँसो बजे बस्ने छ ।

प्रत्येक महिना हुनुपर्ने भएपनि महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार नै १९४  दिन पुगेको छ । 
पछिल्लो पटक पुस १४ गते महानगरको १६औँ नगर सभा बसेको थियो ।

लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।

पछि फेरि जेठ १४ गते १५० भन्दा बढी नगर सभा सदस्यले अनौपचारिक रूपमा बैठक बसी कार्यपालिका बैठक राख्न मेयर शाहलाई दबाब दिएका थिए ।