बालेनले बोलाए कार्यपालिकाको बैठक

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ। महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले कार्यसमिति बैठक बोलाएका हुन् ।

शुक्रबार बिहान ११ बजे स्रोत व्यवस्थापन समितिको बैठक बस्ने छ । सँगै मेयर बालेनले कार्यपालिका बैठक पनि बोलाएका छन् । 

महानगरका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेका अनुसार बिहान ११ बजे आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटको स्रोत तथा सिमा निर्धारण समितिको बैठक बस्नका लागि सबैलाई पत्राचार भइसकेको छ । 

शुक्रबार नै महानगरको कार्यपालिका बैठक बस्ने भएको छ । काफ्लेका अनुसार २ बजेट कार्यपालिका बैठक बस्ने छ ।