कंगोमा मंकीपक्स प्रकोपबाट ६१० जनाको मृत्यु

कंगोमा मंकीपक्स प्रकोपबाट १७ हजार ८०१ जनाभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रियस्तरमा समन्वयात्मक प्रयासमार्फत एमपक्स (मंकीपक्स) फैलन नदिन रणनीतिक योजनाको सुरुआत गरेको छ ।