कार्यपालिका सदस्यको बहिस्कार पछि काठमाडौं महानगरको नगर सभा बैठक स्थगित

काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ ।

आइतबार बिहान बसेको कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगर सभाको १५औं बैठक स्थगित गरिएको हो ।

नगर सभाका दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ । मेयर बालेन शाहले बैठक असार १० गते ११ बजे बस्नेगरी स्थगित भएकाे जानकारी दिएका छन् ।

मेयर साहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।

लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका थिए । न्यूरोडलाई नो भेइकल जोन बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्तुष्टि जनाएर केही कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् ।

बैठक स्थगित भएसँगै सामाजिक सञ्जालबाट मेयर बालेनले आक्रोशित हुँदै कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी समेत दिएका छन् ।