काठमाडौं उपत्यकामा रहेका क्यासिनोहरूमा जुवा खेल्ने तथा खेलाउने १४ जना नेपाली नागरिक पक्राउ परेका छन्।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१ तौलुङस्थित रहेको लेमन ट्रि होटलभित्र रहेको गरुड क्यासिनोबाट १३ जना र काठमाडौं महानगरपालिका-१४ सोल्टीमोड स्थित रहेको क्यासिनो महजोङबाट १ जना समेत गरी जम्मा १४ जना पक्राउ परेका हुन्।
उनीहरूको साथबाट एक लाख ९० हजार, १४ थान मोबाइल, सीसी क्यामेरा, नक्कली भारतीय आधारकार्ड लगायतका सामग्री बरामद भएको छ।




