आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८८ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ८८ हजार २५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य ११५५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला ११२० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।