धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ की ५५ वर्षीय राममाया कँडेलको हत्या गर्ने आरोपमा उनका छोरा ३० वर्षीय यमबहादुर कँडेल पक्राउ परेका छन् ।
जिल्ला प्रहरीका अनुसार यमबहादुरले आइतबार राति धारिलो हतियारले आमालाई घाँटी र छातीमा प्रहार गरी हत्या गरेका थिए ।
घटनास्थलबाट हतियारसहित नियन्त्रणमा लिइएको छ । यमबहादुर भदौ २३–२४ गतेको जेन्जी आन्दोलनका भिडिओमा देखिएका थिए ।
आन्दोलन पश्चात् उनको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनाले स्थानीय समुदाय स्तब्ध बनाएको छ र प्रहरीले थप अनुसन्धान सुरु गरेको बताएको छ ।