नख्खु कारागारबाट भागेका पूर्वराज्यमन्त्री टक्ला काभ्रेबाट पक्राउ

 जेनजीको प्रदर्शनको क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् । उनलाई आज काभ्रेबाट पक्राउ गरिएको हाे ।

पूर्वराज्यमन्त्री समेत उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी १२ वर्षदेखि जन्मकैदको सजाय भाेगिरहेका छन् ।