कैलाली कारागारको घटनास्थल अहिलेसम्म पनि कैदी बन्दीको कब्जामा रहेको छ ।
कैलाली कारागारमा बिहान प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली पुगेको थियो । कारागार प्रशासनसम्म पुगेको जिल्ला सुरक्षा समितिको टोली कैदी बन्दीले घटनास्थलसम्म जान नदिएपछि फर्किएको थियो ।
चारैबाट सुरक्षा निकायका प्रमुखहरूसहित गएको टोली घटनास्थलमा जान नसकेपछि जिल्ला प्रशासन कार्यालयमा आएर सुरक्षा समितिको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो ।
कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन । कोही भित्र प्रवेश गरे सिलिन्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन । अहिले राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि त्यहाँ पुगेको छ । तर, घटनास्थल सम्म पुग्ने अवस्था देखिएको छैन ।
गय राति भएको झडपमा १ जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी र मानवअधिकारको टोलीसमेत पुग्न नसक्दा त्यहाँको वास्तविक अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।





