सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या

सुर्खेतको वीरेन्द्रनगर–१३ करेखोलामा ४२ वर्षीय दानसिंह ठाडाले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका छन् । विहान साढे १ बजेतिर घटीत घटनापछि ठाडाले आफैं प्रहरीलाई फोन गर्दै सर श्रीमती मारिसके पक्राउ गर्न आउनुहोस् भन्दै घरको ठेगाना दिएका थिए ।

फोन गर्नु अघि उनले वडाध्यक्षलाई समेत सम्पर्क गरी प्रहरीको नम्बर मागेका थिए । जानकारी पाउनासाथ नगर प्रहरी र करेखोला प्रहरी चौकीको टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रहरीको टोलीले विहान करिब २ बजेतिर ठाडालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

खबर पाउनासाथ घट्नास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताउनु भयो ।

यसअघि प्रहरीलाई फोन गर्नुपूर्व ठाडामगरले प्रहरीको नम्बर माग्न वडाध्यक्षलाईसमेत फोन गरेका थिए । जानकारी पाउने वित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो ।

घटनाको कारण अझै खुलिनसकेकाले थप अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीको भनाइ छ ।