मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् ।
बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी म्याद समेत थप भइसकेको छ । उनीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध गत माघ ३ गते जाहेरी दर्ता भएको थियो । अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । घटना २०८१ जेठ ४ गतेको हो।
अहिराजलले त्यस दिन आफ्नो कोठामा कोही नभएको बेलामा पटकपटक बलात्कार गरेको आरोप छ । उक्त घटनापछि पनि कसैलाई बताएपछि मार्ने समेतको धम्की दिएको पीडितको भनाइ छ ।




