दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो पठाइयो

 मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो पठाइएको छ ।

आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले साइबल ब्यूरो भोटाहिटी पठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा स्वास्थ्य जाँचपछि भोटाहिटी पठाएको सीआईबीले जनाएको छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए । प्रसाईंको म्याद थप भने आज नहुने भएको छ ।

प्रहरीले कागजात र प्रक्रिया पूरा गर्न नभ्याएको भन्दै उनलाई आज अदालत पेस गर्न सकेको जनाएको छ । भोलि कार्यालय खुलेपछि म्याद थपका लागि अदालत लैजाने प्रहरीले जनाएको छ । उनीमाथि साइबर क्राइम, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।