इजरायली आक्रमणमा परेर हिजबुल्लाहका सञ्चार प्रमुख मोहम्मद अफिफ मारिएका छन्। यो घटनालाई हिजबुल्लाहले नै पुष्टि गरिसकेको छ ।
आइतबार बाक्लो घनत्व रहेको रास अल नाबाको छिमेकमा बाथ राजनीतिक दलको कार्यालयमा आक्रमण भएको थियो ।
सोही आक्रमणमा चार जनाको ज्यान गएको हो। बाथ पार्टी सिरियाको हो। यसको लेबनानमा धेरै शाखा छन् । लेबनानमा भएका धेरै शाखामा आइतबार एकै पटक आक्रमण गरेर संरचना नै ध्वस्त पारिएका थिए ।
अफिफ सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने हिजबुल्लाहका विरलै नेता मध्य एक हुन । एक साता अघि मात्र उनले सार्वजनिक कार्यक्रममा प्रस्तुत भएर हिजबल्लाहको कार्यक्रमको बारे जानकारी गराएका थिए । बाथ पार्टी वर्तमान राष्ट्रपति बसार अल असरको नेतृत्वमा छ। सो दल हिजुबल्लाहको साथमा नै सत्तामा पुगेको हो।





