कीर्तिपुरको मेयरमा नवरथ बानियाँले दिए स्वतन्त्र उम्मेदवारी

 कीर्तिपुर नगरपालिकाका मेयरको उम्मेदवारका लागि स्वतन्त्र उम्मेदवार नवरथ बानियाले उम्मेदवारी दिएका छन् । आइतबार बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवार बानियाले मनोनयन दर्ता गराएका हुन् । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि मनोनयन दर्ता गराउन निर्वाचन आयोगले समय तोकेको छ।