बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दूहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन् ।उनीहरुले अल्पसंख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। बंगलादेशको संसदमा १० प्रतिशत सिट दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ । आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको माग गर्दै भत्किएका मन्दिरहरू पुनःनिर्माण गर्न भनेका छन् ।





