भारतको उत्तरी राज्य जम्मु–कश्मीरको कठुआमा सोमबार भएको चरमपन्थी हमलामा कम्तीमा ५ जना भारतीय सैनिक मारिएका छन् ।
सोमबार जम्मु-कश्मीरको कठुआ जिल्लामा सर्च अपरेशनमा रहेको सेनाको गाडीमा चमपन्थीले हमला बोलेका थिए । उच्च सुरक्षा सतर्कता र हमलाको सम्भावनाबारेको सूचनाबीच एक महिनायताकै ठूलो आक्रमण भएको हो । सुरक्षाबलको गाडीलाई चरमपन्थीहरूले पहिरो झरेको सडकमा निशाना बनाएका हुन् ।
सुरक्षाबलको गाडीमा ग्रिनेड हानिएपछि सेनाका जवानले जवाफी फायरिङ थालेका थिए । त्यसपछि मुठभेट चलिरह्यो । हमलाको जानकारी मिलेपछि थप सुरक्षा बल पनि घटनास्थलमा पुगेको थियो । भिडन्तका क्रममा कम्तीमा पनि ५ भारतीय सैनिक मारिएको स्रोतले जनाएको छ ।





