इरानले समुद्री मार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द गरिएको घोषणा गरेको छ । इरानले विश्वको अत्यन्तै महत्वपूर्ण समुद्री मार्ग होर्मजु खुला गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै पुन बन्द गर्ने घोषणा गरेको हो ।
अमेरिकाले लगाएको नाकाबन्दी हटाएपछि मात्र यो समुद्री मार्ग पुनः खोलिने इरानी सेनाले बताएको छ ।
इरानका सैन्य अधिकारीहरूका अनुसार, अमेरिकी नाकाबन्दी जारी रहेसम्म होर्मुज जलमार्ग खुला राख्न नसकिने स्पष्ट पारेको छ । साथै, इरानले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै कडा आपत्ति जनाएको छ।
हिजो साँझ इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलमार्गलाई “युद्धविरामको बाँकी अवधिसम्म” व्यापारका लागि पूर्ण रूपमा खुला राखिने घोषणा गरेका थिए तर उक्त घोषणा गरेको २४ घण्टा नबित्दै बन्द गरेको घोषणा गरेको हो ।
स्ट्रेट अफ होर्मुज विश्वको प्रमुख तेल आपूर्ति मार्ग हो, जहाँबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल ढुवानी हुन्छ । यस मार्गमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय तेल बजार र समुद्री व्यापारमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।




