संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ। इरानले आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा आक्रमण सुरु गरेपछि सरकारले सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित रहन विशेष अपील गरेको हो ।
सरकारले घरबाहिर नजान, झ्याल ढोकाको नजिक नबस्न अनुरोध गर्दै मोबाइलमा चेतावनी पूर्ण सन्देश पठाइरहेको त्यहाँ रहेका नेपालीहरुले बताएका छन् । आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ।
परराष्ट्र मन्त्रालयका वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा ठूलो संख्यामा नेपाली यूएईमा रहेका छन् । यूएईमा हाल सात लाख नेपाली रहेका छन् ।





