इरानको राष्ट्रिय सुरक्षा परिषद्ले तेहरानका बासिन्दाहरूलाई राजधानी छाड्न आग्रह गरेको छ । इजरायल र अमेरिकाले देशमाथि आक्रमण जारी राखेपछि सुरक्षा परिषद्ले स्थानीय नागरिकलाई राजधानी तेहरान छाड्न आग्रह गरेको हो ।
इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।





