यमनमा साउदी सेनाकाे आक्रमणमा परी ८० जना सैनिककाे मृत्यु, १५२ घाइते

यमनको पृथकतावादी दक्षिणी संक्रमणकालीन परिषद (एसटिसी)का करिब ८० जना सैनिककाे मृत्यु भएकाे छ।

गत शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाई र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले ८० जनाकाे मृत्यु भएकाे बताएका हुन्। संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका ८० जनाकाे मृत्यु , १ सय ३० जनालाई बन्धक बनाइएको र १ सय ५२ सदस्य घाइते भएकाे सैनिक अधिकारीले बताएका हुन् । साउदी समर्थित सेनाले शुक्रबार युएई समर्थित एसटिसीले कब्जा गरेको भू-भाग फिर्ता लिन अभियान शुरु गरेको छ ।

रियाद र अबु धाबीको समर्थन प्राप्त सेनाहरूबीच प्रभुत्वको लागि भएको संघर्षले दुई खाडी सहयोगीहरूबीचको दरार गहिरो बनाएको हाे।