स्विस रिसोर्टमा आगलागी : ४७ को मृ*त्यु, ११५ जना घाइते, धेरै विदेशी नागरिक

स्विट्जरल्याण्डको स्विस अल्पाइन स्की रिसोर्ट क्रान्स-मोन्टानामा बिहीबार नयाँ वर्षको पूर्वसन्ध्यामा मनाइने कार्यक्रममा विस्फोट भएको छ। स्विस प्रहरीले कम्तिमा ४७ जनाको मृत्यु भएको र ११५ जना घाइते भएको जनाएको छ। पीडितहरूमा धेरै देशका नागरिकहरू समावेश रहेको स्विस प्रहरीको भनाइ छ।

आज बिहान प्रहरीले पत्रकार सम्मेलन गर्दै रिसोर्टको कन्स्टेलेसन बारमा बिहान १:३० बजे विस्फोट भएको बताएको थियो। यद्यपि, त्यति बेला मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको थिएन।

दुर्घटनापछि फिक्रान्स-मोन्टाना शहरलाई नो फ्लाई जोन घोषणा गरिएको थियो। प्रहरी र आपतकालीन टोलीहरू घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरे। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरका अनुसार अस्पतालहरू जलेका बिरामीहरूले भरिएका छन्। धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनास्थल, क्रान्स मोन्टाना, साहसिक खेलकुदका लागि प्रसिद्ध पर्यटकीय गन्तव्य इन्टरलेकनबाट लगभग १०० किलोमिटर टाढा छ। विश्वभरका मानिसहरू त्यहाँ प्याराग्लाइडिङ, स्कीइङ र ट्रेकिङका लागि आउँछन्। थुन ताल र ब्रिएन्ज तालको बीचमा रहेको इन्टरलेकनले आल्प्सको आइगर, मोन्च र जङफ्राउ पहाडहरूमा सजिलो पहुँच प्रदान गर्दछ।

स्विस समाचार आउटलेट ब्लिकका अनुसार कन्सर्टका क्रममा भएको आतिशबाजीका कारण विस्फोट र त्यसपछि आगो लागेको हुन सक्छ।

घटनाको जानकारी पाउनासाथ प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थलमा पुगेका छन्। विस्फोट भएको ठाउँ र वरपरको क्षेत्र सिल गरिएको छ।