भारतको पुणेमा २५ वटा सवारी साधन आपसमा ठोक्किए, ९ जनाको मृ*त्यु

भारतको पुणेको बाहिरी इलाकामा रहेको नवले पुल नजिकै बिहीबार साँझ २० देखि २५ सवारी साधन ठोक्किएका छन् ।एउटा ट्रकको ब्रेक फेल भएर ट्रक पहिले कारसँग ठोक्किएको थियो ।

दैनिक भास्करको समाचारअनुसार त्यसपछि कार अगाडि रहेको कन्टेनरसँग ठोक्कियो र आगो लाग्यो। ट्रक पनि जल्यो ।दुर्घटनामा कारमा रहेका पाँच जना जिउँदै जलेको समाचारमा उल्लेख छ ।

दुर्घटनामा ट्रक चालकसहित नौ जनाको मृत्यु हुँदा करिब २० जना घाइते पनि भएका छन् ।प्रहरीका अनुसार दुर्घटना पुणे(नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको थियो। 

दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी र दमकलका गाडीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।दुर्घटनामा घाइते भएका सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।